न्युजिल्याण्डका जिम्मीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने


 


काठमाडौं । जनकपुर बोल्ट्सले न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई टोलीमा अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा जिम्मीलाई अनुबन्ध गरेको हो ।

जनकपुरले बिहीबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जनाएको छ । एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् ।

३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् ।

उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।

सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए ।

निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्