सेमिफाइनल प्रवेशका लागि नेपाल आज श्रीलंकासँग भिड्दै


 


काठमाडौं, कार्तिक ८ । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ का अन्तिम खेल हुँदैछन् ।

आज हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । खेल साँझ साढे ५ बजेदेखि शुरू हुनेछ । 

सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ । नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ ।

श्रीलंका पनि  नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ । 

समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान अकंका साथ भुटान दोस्रो स्थानमा छ । ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। अंकविहीन रहँदै माल्दिभ्स पुछारमा छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्