सुन तस्करीको आरोपमा एसएसपी पक्राउ


 


काठमाण्डौ , माघ २३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ ।  सिआइबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट पक्राउ गरेको हो ।

एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए । पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो । उनले सुन तस्करलाई सघाएको आरोपमा सिआइबीले पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्