यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक ८ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर निर्धारण गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा छ ।

यूरो १ को खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

आज पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ १० पैसा र बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। 

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। 

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्