रात्रिबसको ठक्करबाट झापामा नातिनी र हजुरबाको मृत्यु


 


झापा ७ कात्तिक । झापामा बसको ठक्करबाट बुधबार साँझ नातिनी र हजुरबुबाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १– ०१ – ००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।

उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्