राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रचण्ड


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभागी हुनेछन् । विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको हो।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्