सत्तारुढ दलहरूको बैठक बालुवाटारमा सुरु
काठमाडौं, कार्तिक ७। सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा सरकारको सय दिने समीक्षा, पछिल्ला विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार