ललितपुरमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ, कार्तिक ७ । कुखुरा बोकेको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुधबार बिहान साढे २ बजे ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा ग २ च ९६६८ नम्बरको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा चितवन घर भएका अन्दाजी २७/२८ वर्षका भरत लामिछाने छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
उनको शव पोस्टमर्टमका लागि पाटन अस्पताल लगिएको छ।
दुर्घटनामा गाडीका सहचालक कासी भनिने अन्दाजी २७/२८ वर्षकै एक पुरूष गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार