अमेरिका ’ए’ सँग नेपाल ४ विकेटले पराजित


 


काठमाडौं, कार्तिक ७ । अमेरिका ‘ए’ सँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ’ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अमेरिका ’ए’ का लागि नितेश रेड्डीले २९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।

यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका ’ए’ का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले ’क्लिन स्वीप’ गरेको थियो ।

अमेरिकामा आगामी शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्