यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, कार्तिक ७ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ।

युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्