जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने


 


काठमाडौँ ६ कात्तिक । सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मङ्गलवार टोलीको घोषणा गर्दै उक्त जानकारी दिएको हो ।

क्रिकेट हङकङ, चीनको आयोजनामा हुने प्रतियोगिता १ देखि नोभेम्बर ३, २०२४ सम्म चल्ने छ । टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन् ।

टोलीमा सन्दीपसँगै लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जि।सी, दिपेन्द्र रावत र राशिद खान छन् । नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्गल्यान्डसँग खेल्नेछ । यस्तै, दोस्रो खेल अस्ट्रेलियासँग खेल्नेछ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्