उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन’ अवार्ड


 


काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन’बाट सम्मान गरेको छ।

सामाजिक अभियन्ता चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी हुन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए ।

हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन्। उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन्।

जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्