साढे २० लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ


 


कपिलवस्तु, कार्तिक ६ । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गाडीहरूलाई चेकजाँच गर्दा २० लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा यु पी ४५ ए एस ६६६३ नं. गाडीमा सवार भारतको महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र यु पी ४२ डी टी ५७२१  नं. को  गाडीमा सवार सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।

बरामद गरिएको रकमसहित दुबै जनालाई थप अनुसन्धान एवम् कारबाही लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्