यी तीन प्रदेशमा विहानैदेखि वर्षा, यस्तो छ देशभरको मौसम


 


काठमाडौं, कार्तिक ६ । हाल पश्चिमी वायी र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको भइरहेको छ ।

 महाशाखाका अनुसार आज ​दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्