१० कित्ता भन्दा कम शेयर पनि किनबेच गर्न पाइने


 


काठमाडाैं, माघ २३

नेपाल स्टक एक्सचेन्जले अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने जनाएको छ । आज देखि १० भन्दा कम कित्ता शेयर भए पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने स्टक एक्सचेन्जले जनाएको हो । एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच गर्न सकिनेछ ।

यसअघि १० र १० ले गुणा जाने सङ्ख्यामा मात्र शेयर कारोबार गर्न पाइन्थ्यो । नप्सेले गरेको नयाँ व्यवस्थापछि यो समस्या समाधान हुने र लगानीकर्ता थप लाभान्वित हुने नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए   ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्