न्यायाधीश नियुक्ति योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिन्छः प्रधान न्यायाधीश राउत


 



नव नियुक्त प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधिष नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताउनु भएको छ।
पूर्व न्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनु पर्ने बताउँदै संचारकर्मीहरुलाई अदालतमा भएका गतिविधि, काम कारवाही एवम् कार्य प्रकृयाहरु के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारणले बुझ्ने गरी सम्प्रेषण गर्न आग्रह समेत गर्नु भयो।

समारोहमा पूर्व न्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रकृयामा तत्काल हस्तक्षेप गरी कानून सम्मत ढङ्गले सक्षम योग्य र इमान्दार न्यायाधीशहरुको नियुक्ति हुनु पर्ने, विवादित न्याय परिषद नियमावलीमा भएका विवादहरुको उपयुक्त समाधान गरेरमात्र उच्च अदालतमा न्यायाधीशहरु नियुक्ति गर्नु पर्ने, राष्ट्रिय महत्व एवम् संवेदनशील विवादहरुलाई प्राथमिकता दिइ शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्व न्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रकृयालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताउनु भयो।
कार्यक्रममा सर्वोच्च अदालतका र उच्च अदालतका पूर्व न्यायाधीशहरुको उपस्थिति रहेको थियो

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्