सहकारी ठगी प्रकरण : छविलाललाई बयानका लागि रुपन्देही लगियो


 


पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।

उनीमाथि सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगीको आरोप छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् ।

उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्