संस्कृतिभित्र राजनीतिको रोटी सेक्नु गलत हो :प्रधानमन्त्री ओली


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन्।

बालुवाटारमा ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सांस्कृतिक जात्रा र पर्वहरुमा जात्रामा भड्काउ खालका गतिविधि हुन थालेको बताए। उनले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

उनले मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताए ।

गत १० भदौमा गौर पर्व मनाउन प्रधामनन्त्री टुँलिखेल पुग्दा प्रधानमन्त्री ओली र शेरबहादुर देउवा लगायत नेताविरुद्ध नाराबाजी भएको थियो ।

इन्द्रजात्राजस्ता पर्वहरूमा भड्कावपूर्ण गतिविधि भएको उनले गुनासो गरेका थिए। इन्द्रजात्राका क्रममा मेयर बालेन्द्र साह बालेन पक्षधर समूहले प्रधानमन्त्रीविरूद्ध प्रदर्शन गरेको थियो।

त्यस क्रममा केही प्रदर्शनकारी पक्राउ पनि परेका थिए। प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवाधन तथा विशेष धूनहरू रहेको बताउँदै यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गरे।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्