किन सलमानलाई टार्गेट गरे लरेन्स बिश्नोईले ? सिद्दिकीको हत्यापछि सुरक्षामा चिन्ता


 


एजेन्सी। बलिउडका चर्चित अभिनेता सलमान खानलाई पछिल्लो समय लगातार धम्की आइरहेको छ । हालै मुम्बईमा निकट मित्र तथा नेता बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षाको चिन्ता बढेको छ ।

बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको थियो । लरेन्स बिश्नोई गिरोहले सलमान खानले कालो हरिण मारेको हुँदा बिश्नोई समुदायको मन्दिरमा गएर माफी माग्नुपर्ने बताएको छ ।

तर, सलमान खानका बुबा सलीम खानले सलमानले कुनै जनावर नमारेको दाबी गरेका छन् । माफी माग्नुको अर्थ सलमानले त्यो गल्ती स्वीकार रहेको हुँदा माफि नमाग्ने पनि उनको भनाइ छ ।

यस्तो अवस्थामा सलमानकी पूर्व प्रेमिका सोमी अलीले ग्याङटास्टार लरेन्स बिश्नोईसँग कुरा गर्ने प्रयास गरिन् ।

सोमी अलीले जुम कल मार्फत लरेन्स बिश्नोईसँग कुरा गर्ने प्रयास गरेकी थिइन् । सोमीले हिन्दुस्तान टाइम्सलाई आफू लरेन्ससँग शान्ति चाहेको बताइन्।

लरेन्स बिश्नोईले सलमान खानलाई पटकपटक धम्की दिएका छन् । कालो हरिण प्रकरणमा लरेन्सले सलमानलाई माफी माग्न भनेका थिए र त्यसपछि उनी लगातार धम्की दिइरहेका छन् । यो गिरोहले सलमान खानको घरलाई पनि निशाना बनाएर गोली चलाएको थियो, जसले उनको सुरक्षाको चिन्ता थपिएको छ ।

सोमी अलीले भनिन्– ‘सलमान खानले कालो हरिण मारेका थिए । तर सलमान खानलाई बिश्नोई समुदायले कालो हरिणको पूजा गर्ने र भगवानको रुपमा मान्ने गरेको थाहा थिएन । म पक्का भन्न सक्छु कि सलमानलाई यो कुरा थाहा थिएन। मलाई यो थाहा छ किनभने जब सलमान जोधपुरबाट फर्के, उनले मलाई यसबारे बताए। त्यतिबेला उहाँसँग मेरो सम्बन्ध थियो ।’

सोमी अलीले सलमान खानलाई आइरहेको धम्कीबाट निकै चिन्तित भएको बताइन् । त्यसैले उनी शान्तिका लागि वार्ता गर्न चाहन्छन् । उनले अहिलेको चलचित्र उद्योग ९० को दशकभन्दा धेरै फरक भए पनि सुरक्षा सधैं चिन्ताको विषय रहेको बताए । सुरक्षाको मुद्दा यहाँ सधैं महत्त्वपूर्ण छ, विशेष गरी महिलाहरूको लागि। सोमीले भनिन्, ‘मैले कहिल्यै प्रत्यक्ष धम्की पाएको छैन तर धेरै अवसरमा असहज पनि महसुस गरेको छु ।

पुरानो घटनालाई उद्धृत गर्दै सोमी अलीले भने कि मार्च १९९३ मा उनी र श्रीदेवी मुम्बईको सेरोक होटलमा बसिरहेका थिए । त्यसको एक सातापछि नै होटललाई निशाना बनाइएको उनले बताए । यो घटनापछि उनी निकै डराएकी थिइन् ।

सोमी अलीको भनाइले फिल्म उद्योगमा सुरक्षाको मुद्दा कति गम्भीर छ भन्ने देखाउँछ। धेरै पटक अभिनेता र अभिनेत्रीहरूले सुरक्षाको अभावको सामना गर्नुपरेको छ। सोमीले आजको समयमा सुरक्षाको विषयमा धेरै परिवर्तन भएको भए पनि यस विषयमा छलफल गर्न जरुरी रहेको बताइन् । उनले सुरक्षाको विषयमा सबैले एकजुट भएर काम गर्नुपर्नेमा सलमान खानमाथि चलिरहेको धम्कीको मुद्दाले फेरि पनि फिल्म उद्योगमा सुरक्षाको गम्भीरता उजागर गरेको छ । – एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्