रारा पुगे प्रचण्ड , जनसभालाई सम्बोधन गर्दै


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुगुको रारा पुगेका छन् ।

छोरी गंगा दाहाल र सुरक्षा गार्डसहित प्रचण्ड काठमाडौंबाट नेपालगञ्ज हुँदै हेलिकप्टरबाट रारा पुगेका हुन् ।

रारा घुमेपछि उनी आज जुम्लाको आम सभालाई सम्बोधन गरी काठमाडौं फर्किने छन् ।

रारा ताल क्षेत्रमा केही समय बिताएर उनी आजै जुम्लाको कनकासुन्दरी गाउँपालिका पुग्ने छन् ।

उनले त्यहाँ पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने र विपक्षी दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्