स्कटल्याण्डका ब्राण्डनले सुदूरपश्चिम रोएल्सबाट एनपिएल खेल्ने


 


काठमाडौं । सुदूरपश्चिम रोएल्सले स्कटल्याण्डका क्रिकेटर ब्राण्डन म्याकमुलेनलाई टोलीमा अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल)को लागि सुदूरपश्चिम रोएल्सले विदेशी खेलाडी भित्राएको हो।

सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर रहेको सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा छन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्