सुनको मूल्यमा आज फेरि अर्को रेकर्ड, कति पुग्यो तोलाको ?


 


काठमाडौं, कार्तिक ५ । नेपाली बजारमा आज (सोमबार) फेरि सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा थप ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि हिजो (मंगलबार) सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्