सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, तोलामा ६०० रुपैयाँले बढ्यो


 


काठमाडौं । नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन आज तोलामा ६०० रुपैयाँले बढेको छ।

दशैंपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।

सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ ।

यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्