नेपालले गर्यो अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप


 


काठमाडौं, कार्तिक ५ । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ ।

तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक÷एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक÷एक विकेट लिए ।

यसअघि लिग–२ का लागि क्यानडामा निराशाजनक प्रदर्शन गरेको नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्