दुई डिआइजी एआइजीमा बढुवा सिफारिस


 


काठमाडौं, कात्तिक ५ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले डिआइजी किरण राणा र डिआइजी डा.सुन्दर प्रसाद ह्योजुलाई एआइजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा कार्यरत राणा प्रशासन समूहबाट र नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत ह्योजु प्राविधिक समूहबाट बढुवाका लागि सिफारिस भएका हुन् ।

उमेरहदका कारण एआइजी श्यामलाल ज्ञवाली अवकाश भएपछि रिक्त भएको स्थानमा राणालाई बढुवा गरिएको हो । उनी पनि १२ दिनपछि उमेर हदकै कारण अवकाशमा जाँदैछिन् ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्