दुई संसदीय समितिको बैठक बस्दै


 


काठमाडौँ, कार्तिक ५ । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्