चीनमा पर्व बिदाका समयमा ३९ जनाको आगलागीबाट मृत्यु


 


बेइजिङ (चीन), माघ २२

चीनमा एक हप्ता लामो एकहप्ता लामो पर्व बिदाको समय भएका विभिन्न आगलागीका घटनामा परी ३९ जनाको मृत्यु भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

बिदाका समयमा देशभर १३ हजार ७९६ आगलागीका घटना भएका र ती घटनामा ३९ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा २६.४ प्रतिशत कमी हो ।

चिनियाँ प्रहरीले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको आगलागीका घटना नियन्त्रणमा गरेको पहलले उक्त समयमा धेरै मानिसको ज्यान जाने जोखिमलाई काम गरेको मन्त्रालयले जनाएको छ ।

पर्वका समय व्यावसायिक महल, पवित्र धार्मिकस्थल, मन्दिर वरपरका धार्मिक महोत्सव गरिनेस्थललगायतका ठाउँमा प्रहरीले निगरानीलाई मजबुत पारेको थियो । यो वर्ष सन् २०१६ मा मुलुकभर आठ लाख ९६ हजार आगलागीका घटना भएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्