टि ट्वान्टी : टस हारेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल


 


काठमाडौं, कार्तिक ५ । अमेरिकासंगको तेस्रो टि ट्वान्टी खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ ।

डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपाललाई बलिङको निम्ता दिइएको थियो ।

नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल बेन्चमा रहँदा कुशल मल्ल र ललित राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेईङमा आज आरिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल, गुलशन झा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, रिजन ढकाल र ललित राजवंशी छन् ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्