अदालत परिसरमा रविले भने – सरकारले मलाई झुटो मुद्दामा फसाउन खोज्यो


 


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई सरकारले झुटा मुद्दामा फसाउन खोजेको बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि जिल्ला प्रहरीले जिल्ला अदालत लगेका बेला बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफूलाई सरकारले फसाउन खोजे पनि न्यायलयप्रति विश्वास रहेको बताए।

सभापति लामिछानेले भने,‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ।’

आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको सभापति लामिछानेको भनाई छ ।

उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरे।

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको सभापति लामिछानेले बताए ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्