आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता हो : डीपी अर्याल


 


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता भएको बताएका छन् ।

कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि उपसभापति अर्यालले यस्तो बताएका हुन् ।

आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको उपसभापति अर्यालको भनाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारीले महानगर क्षेत्रमा प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधाज्ञा लगाएका थिए।

पाँच जनाभन्दा बढीलाई निषेधित क्षेत्रमा जम्मा हुन रोक लगाइएको छ । रास्वपाले सहिदचोकमा प्रदर्शन गरिरहँदा निषेधाज्ञाको सूचना जारी गरिएको हो ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्