व्यावसायिक र औद्योगिक वातावरण बनाउन सरकार तत्पर छ : अर्थमन्त्री पौडेल


 


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यावसायिक र औद्योगिक वातावरण सिर्जना गर्न अर्थ मन्त्रालय केन्द्रीत हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताए ।

अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्