रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दाहालको इजलास


 


पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा परेको छ।

जिल्ला अदालत कास्कीका अनुसार लामिछानेविरुद्धको मुद्दा एक नम्बर न्यायाधीशकै बेञ्चमा परेको हो।

पोखराको सूयर्दशन सहकारी संस्थाको रकम अपचलनमा मुछिएका लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी रातारात पोखरा पुर्‍याइएको थियो ।

आज उनलाई अदालतमा पेस गरिँदै छ । उनलाई केहीबेरमा अदालतमा उपस्थित गराइँदैछ ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालत उपस्थित गराउन लागिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी तथा संगठित अपराधमा उनीमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्