अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ २३ गते आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व माघ शुक्लपक्ष। तिथि– नवमी, १७:२७ बजेउप्रान्त दशमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहयोगीहरूले साथ दिनेछन । सोचेको आँटेका काम पनि सजिलै बन्नेछन । धेरैको मन जित्न सकिनेछ । महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शत्रुहरु पराजित हुनेछन । काममा सानातिना चुनौती सामना गर्नपर्ला । लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरमा बसेरै विभिन्न काम सफल गर्न सकिनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । घरायसी काममा रुची बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरानो समस्याको समाधान हुने देखिन्छ । दाम्पत्यमा पनि असमझदारी बढ्ने सम्भावना छ । साथीभाईसंग मनमुटाब हुने सम्भावना देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । धार्मिक र सामाजिक काममा रुची बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर आउनेछ । काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार तथा उद्योगतर्फ फाइदाको योग रहेकोछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने हुँदा मन खुसि रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ब्यापार व्यवसायबाट लाभ हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । पेटमा केहि समस्या देखिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीको प्रभाब बढ्नेछ । आफ्नै प्रयासले गरेका काममा भने बिस्तारै लाभ मिल्नेछ । पढाई लेखाइमा बिस्तारै प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभचिन्तकहरूले काममा साथ दिनेछन । ब्यापार ब्यबसायबाट बिस्तारै फाइदा उठ्ने योग रहेकोछ । विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ ।

प्रकाशित मिति: २३ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्