सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते


 


काठमाडौं, कार्तिक ४ । सप्तरी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

जिल्लाको कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये आठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्