इजरायलको आक्रमण गाजामा ७३ जनाको मृत्यु


 


काठमाडौँ, कार्तिक ४ । इजरायली सेनाले उत्तरी गाजामा शनिबार गरेको आक्रमणमा परी ७३ जनाको मृत्यु भएको छ ।

उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा गरिएको आक्रमणमा परी १२३ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूका अनुसार मृत्यु हुनेमा बालबालिका र महिलासहित ७३ जना रहेको हमास अधिकारीले पुष्टि गरेका छन् ।

आक्रमणका कारण बेत लाहिया क्षेत्रमा इन्टरनेट र बिजुली सेवा पनि अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भइरहेको हमासले बताएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्