यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमका २४ खेलाडी छनोट


 


धनगढी, कार्तिक ४ । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले यही कार्तिक १० गतेदेखि विराटनगरमा आयोजना हुने प्रतियोगिताका लागि खेलाडी चयन गरेको हो ।

डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताए ।

कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्