नेपालले टस जितेर ब्याटिङ गर्दै


 


काठमाडौं, कार्तिक ४ । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत अमेरिकासंगको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

डालासमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

यो शृङ्खलापछि नेपालले अमेरिकामै आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्नेछ ।

प्रकाशित मिति: ४ कार्तिक २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्