रवि पक्राउ पर्ने आशंकाले घण्टी घरमा नेता कार्यकर्ताको चहलपहल


 


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्।

सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाका बीच पार्टी पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएका हुन् ।

आज बसेको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सभापति लामिछानेलाई पक्राउ गर्नसक्ने बताएपछि कार्यकर्ताहरु वनस्थलीमा जम्मा हुन थालेका छन् ।

सहकारी ठगी प्रकरणमा असोज ६ गते पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्