अमेरिकाले दियो सन्दीपलाई भिसा, आजै बेलुका उड्ने


 


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अन्तत: अमेरिकाको भिसा पाएका छन् ।

टी -२० विश्वकप क्रिकेट खेल्न जान नपाएका उनलाई लिग २ क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला आजदेखि सुरू भएको थियो ।

आईसीसी लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्