स्रोत नखुलेको साढे ८ लाखसहित एक जना पक्राउ


 


काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाई रहेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको नगद, ५ थान विभिन्न बैंकको एटीएम कार्डलगायत सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि हुण्डीसम्बन्धी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्