विपक्षी दलको बैठकमा प्रचण्डले भने – रवि लामिछाने पक्राउ पर्न सक्छन्


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्ने विश्लेषण गरेका हुन् ।

उनले रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताए।

एकदुई दिनमा लामिछाने पक्राउ पर्न सक्ने प्रचण्डले आशंका व्यक्त गरे ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्