जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलहरुको निर्णय


 


काठमाडौं । विपक्षी दलहरुको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको छ ।

सरकार प्रमुख प्रतिपक्ष दलहरूले जनसरोकारका विषयमा उठाइएका आवाजहरूप्रति गम्भीर नभएको माओवादी नेता शक्ति बस्नेतले बताए ।

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ ।

सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतले बताए ।

ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको नेता बस्नेतको भनाई छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्