विपक्षी दलहरूको बैठक लोत्से हलमा
काठमाडौं । विपक्षी दलका नेताहरुको बैठक संसद भवन लोत्से हलमा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।
बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।
बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, शक्ति बस्नेत सहभागी छन् ।
यस्तै रास्वपा सभापति रवि लामिछानेसहित पार्टीका नेताहरु बैठकमा छन्।
यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार