माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रचण्डले संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्