किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


 


ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना परेका छन् ।

एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।

आइतबार घरमा एक्लै बसेको मौका छोपी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेत बताए ।

उनका अनुसार करणी घटनापछि फरार रहेका लिम्बूलाई खोजतलास गर्ने क्रममा बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेका लिम्बूमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्