दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


 


दाङ, कार्तिक २ । दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गढवा गाउँपालिका –७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

उनका अनुसार चुनढुँगा लिन जान लागेको रा १ ख १८५७ नम्बरको टिपर घोराही–तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा बिहीवार राति दुर्घटना भएको हो ।

टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्