इजरायली आक्रमणबाट हमास प्रमुख सिनवारको मृत्यु


 


काठमाडौँ, कार्तिक २ । इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।

बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको इजरायली विदेश मन्त्री इजरायल कात्जले पुष्टि गरेका छन् ।

सिनवार गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो ।

हमासले भने सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्