यी तीन प्रदेशमा सामान्य बर्षाको सम्भावना


 


काठमाडौँ, कार्तिक २ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम बदली रहेको छ ।

जल तथा मौसम विभाग पुर्बानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभर अधिकतम तापक्रम साताको अन्त्यमा हल्का बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्