साफ वुमन्स च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्यो


 


साफ वुमन्स च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्यो काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको हो ।
खेलको पहिलो हाफमा भारतले ४–१ को अग्रता लिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीबाट १ – १ गोल हुँदा भारत ५–२ विजयी भएको हो । भोली शुक्रबार पहिलो खेल मालदिभ्स र श्रीलङ्का खेल्नेछन् । उक्त खेल साढे १ बजेदेखि सुरु हुनेछ । दोस्रो खेल आयोजक नेपाल र भुटानबिच साढे ५ बजेपछि सुरु हुनेछ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्