१३ देशमा राजदूत नियुक्त हुँदै, को-को परे राजदूत बन्ने सूचिमा ?


 


काठमाडौं, माघ २२

काँग्रेसले सात राजदूतको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । सरकारले सोमवार १३ राजदूत नियुक्तीको तयारी गरेकाे बुझिएकाे छ । काँग्रेस स्रोतका अनुसार दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा जगदिशचन्द्र पोखरेल, डा दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो ।

अहिले १३ देशमा राजदूत खाली छन् । ती देशका राजदूतका लागि यस अघि नै सत्तारुढ दलहरुले भागबन्डा गरिसकेका छन् । कांग्रेस, माओबादी केन्द्र, राप्रपा र मधेश केन्द्रीत दलका तर्फबाट भागबन्डा गरेका हुन ।

कांग्रेसको भागमा–६ जना, माओबादी केन्द्रको भागमा–४ जना र राप्रपा र मधेश केन्द्रीत दलको भागमा–३ जना परेको बताइएकाे छ ।माओवादीले यस अघि नै नाम टुंगाएको छ ।

माओबादीका तर्फबाट पदम सुन्दास, युमनाथ लम्साल, लक्की शेर्पा र डा.महेन्द्र सिंहको नाम प्रस्ताव गरिएको छ । अघिल्लो सरकारका पालामा माओवादी केन्द्रबाट डा.सिंह कतारका लागि, लक्की शेर्पा अस्ट्रेलियाका लागि, युवनाथ लम्साल डेनमार्कका लागि र पदम सुन्दास बहराइनका लागि सिफारिसमा परेका थिए ।

अहिले साउदी अरेविया, दक्षिण कोरिया, इजरायल, दक्षिण अफ्रिका, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अष्ट्रेलिया र म्यानमार राजदूत छैनन ।

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्